News & Resources

UMS Blog & Event Archives

 

युनिक मोडेल स्कुलको News & Resources पृष्ठमा स्वागत छ!
विद्यालयसँग सम्बन्धित सूचना, समाचार, र आवश्यक जानकारीहरू यहींबाट प्राप्त गर्नुहोस्। विद्यार्थी, अभिभावक तथा शिक्षकहरूका लागि महत्वपूर्ण सूचनाहरू नियमित रूपमा यस पृष्ठमा अद्यावधिक गरिनेछ।

Join Our Newsletter

विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना  व्यक्त गर्दछौं। आदरणीय अभिभावक ज्यु,   तथा प्रिय विद्यार्थी भाईबहिनीहरू, नेपालको महान् पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण अभिभावक ज्यु  र विद्यार्थी भाईबहिनीहरूको उज्ज्वल भविष्य, निरन्तर प्रगति,...

विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना

 व्यक्त गर्दछौं।

आदरणीय अभिभावक ज्यु, 

 तथा प्रिय विद्यार्थी भाईबहिनीहरू,

नेपालको महान् पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण अभिभावक ज्यु  र विद्यार्थी भाईबहिनीहरूको उज्ज्वल भविष्य, निरन्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा समृद्ध जीवनका लागि विद्यालय परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यस पर्वले हामी सबैमा सत्य, सदाचार, अनुशासन र ज्ञानको विजयको प्रेरणा जगाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

विजया दशमी २०८२ सालको शुभकामना!

सदैव तपाईँहरूको साथमा,

विद्यालय परिवार

 

विशेष सूचना

युनिक मोडेल स्कुल विशेष सूचना मिति: २०८२ साल वैशाख १ गते आदरणीय अभिभावकज्यूहरू, नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईंहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यस नयाँ वर्षले तपाईंहरूको परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु। युनिक मोडेल स्कुल सधैं विद्यार्थीहरूको समग्र विकास र उत्कृष्ट भविष्य निर्माणका लागि प्रतिबद्ध छ। तपाईंहरूको निरन्तर साथ, सहयोग र विश्वासका लागि हामी आभारी छौं। आउँदो दिनहरूमा पनि हामीसँग यस्तै सहयोगको अपेक्षा राख्दछौं। नयाँ शैक्षिक सत्रमा हामी केही नयाँ कार्यक्रमहरू, शिक्षण प्रविधिहरू तथा सिर्जनात्मक गतिविधिहरू समावेश गर्दैछौं, जसले विद्यार्थीहरूको क्षमता विकासमा सकारात्मक योगदान पुर्‍याउनेछ। अन्त्यमा, नयाँ वर्षको यस पावन अवसरमा तपाईं र तपाईंका सन्तानको उज्ज्वल भविष्यको कामना गर्दै, पुनः एकपटक नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दछु। शुभकामनासहित, राजन पाठक प्रधानाध्यापक युनिक मोडेल स्कुल

Get in Touch